तिलोत्तमा ४ मा काङ्ग्रेसको प्रचार प्रसार कार्यालय उद्घाटन

खबरपथ संवाददाता
१७ बैशाख २०७९, शनिबार १०:११

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ मा आसन्न स्थानिय तहको निर्वाचनको लागि नेपाली काङ्ग्रेसले प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ ।
शनिबार एक कार्यक्रमका बिच गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार काङ्ग्रेस युवा नेता रामकृष्ण खाण र उपमेयरका उम्मेदवार हेमन्त पाण्डेले रुपमा प्रचार प्रसार कार्यालय उद्घाटन गरेका हुन।

तिलोत्तमा ४ सिमानगरमा कार्यालय उद्घाटन गर्दै मेयरका उम्मेदवार एव काङ्ग्रेस रुपन्देही सभापति खाणले यो पटक काङ्ग्रेसले बहुमत स्थानमा जित हासिल गर्ने बताए। उनले तिलोत्तमामा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गर्दै राष्ट्र र तिलोत्तमाको बिकास गर्नको लागि काङ्ग्रेसले जित्नैपर्ने बताए।

उनले तिलोत्तमा नगरभित्रका सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको ब्यबस्था र सीसीटीभी जडान गरिने बताए। उनले मोवाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरै बसी पालिकाको दर्ता तथा सिफारिस लिन सक्ने र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिने बताए।

कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार पाण्डेले सिमानगरका केही बस्तीमा हाईटेन्सनको समस्या भएकोले त्यसलाई व्यवस्थापन र बस्ती स्थानान्तरण प्रतिबद्धता ब्यक्त गरे। उनले तिलोत्तमामा दिगो बिकासको लागि गठबन्धनलाई बिजयी बनाउन आग्रह गरे।

कार्यक्रममा बोल्दै तिलोत्तमा ४ का अध्यक्षका उम्मेदवार गोबिन्द प्रसाद भुसालले नगरबाट पाउने सेवा सुविधा विपन्न , गरिब बालवालिका लाई खर्च गर्ने घोषणा गरेका छन। नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षको उम्मेदवार बनेका उनले गठबन्धनले तिलोत्तमामा दिगो बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*