केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

खबरपथ संवाददाता
२२ बैशाख २०७९, बिहीबार १८:४९

काठमाडौं। नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थापि तले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई ुअन्तर्राष्ट्रिय ठगु भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*