गठबन्धनले जिते मात्र नगरमा समृद्धी : उद्योगी ब्यबसायी

खबरपथ संवाददाता
२२ बैशाख २०७९, बिहीबार २२:३८

भैरहवा । भैरहवाका उद्योगी ब्यबसायीहरुले सिद्धार्थ नगर नगरपालीकाको मेयर, उपमेयरमा कांग्रेस र माओबादी केन्द्रको गठबन्धनलाई जिताए मात्र नगरको बिकास र समृद्धी हुने निकर्ष निकालेका छन् ।

बिहीबार भैरहवामा बसेको उद्योगी ब्यबसायीको भेला एमालेको सरकारमा उदाँ उदोगी ब्यबसायीलाई दुुःख दिने, अनावश्यक कर थोपार्ने र उठाएको करबाट समेत सही सदुपयोग नगरेको बिगतका दृष्टान्त प्रस्तुत गर्दै यसपटक सिद्धार्थ नगरमा  गठबन्धनलाई जिताउनु पर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षा मात्र नभई सिद्धार्थ नगरको चौतर्फी बिकास गर्न समेत मेयर, उप–मेयरमा जिताउनुु पर्ने बताए । गठबन्धनको तर्फबाट नेपाली काग्रेंसका ईस्तियाक अहमद खान मेयर पदमा र माओबादी केन्द्रको तर्फबाट उपमेयरमा कमला थापा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी उम्मेदवार छन् । उम्मेदवारका अन्य प्रतिस्पर्धी भन्दा गठबन्धनका उम्मेदवारहरु स्वच्छ छवी, उद्योगी ब्यबसाय मैत्री र उद्योगी ब्यबसायीका समस्या बुुझेका रहेको भन्दै केन्द्रीय सदस्य श्रेष्ठले गठबन्धन जिताउनुुको बिकल्प नरहेको बताए । उद्योग ब्यापार सगंठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले ठेलामा ब्यबसाय गर्ने देखी ठुला उद्योगीको मर्म र भावना बुुझ्न सक्ने क्षमता गठबन्धनमा रहेको भन्दै आम उद्योगी ब्यबसायीलाई गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे ।

सिद्धार्थ उद्योग बाणीज्य सघंका बरिष्ठ उपाध्यक्ष ठाकुुर कुुमार श्रेष्ठले नगरको आर्थीक गतीबीधीलाई चलाएमान बनाउन, नगरलाई पर्यटकीय सहरको रुपमा बिकास गर्ने स्पष्ट योजना गठबन्धनमा रहेको भन्दै गठबन्धनको जिते नगरको सार्थक बिकास हुुने बताए । उद्योगी ब्यबसायीको भेलाले गठबन्धनका उम्मेदवार जिताउन चुनावी रणनीती समीती समेत गठन गरेको छ । सिद्धार्थ उद्योग बाणीज्य सघंका निर्वमान अध्यक्ष कुुल प्रसाद न्यौपानेको सयोंजकत्व र उद्योग ब्यापार सगंठनका अध्यक्ष अनिल ज्ञवालीको सह सयोंजकत्वमा समीती गठन गरीएको हो । समीतीको सदस्यमा कृष्ण घिमीरे, दर्पण श्रेष्ठ, सुुमन सर्मा, दिलीप कान्दुु, राम प्रसाद सापकोटा, मधुुसुुधन अर्याल, अर्जुुन कुुंवर, प्रमोद रिजाल, राजेश महोतरा, संजय बेरीवाल र राकेश गुुरुङ्ग रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*