![](https://www.khabarpath.com/wp-content/uploads/2024/01/kalika-homio-104x20-1.jpg)
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
![](https://www.khabarpath.com/wp-content/uploads/2022/05/download-3-6.jpg)
काठमाडौं ।नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ सात पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ छ पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ५५ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९२ पैसा र बिक्री दर ८८ रुपैयाँ ३६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ एक पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३९ पैसा र बिक्री दर नौ रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ४५ पैसा र बिक्री दर ३२ रुपैयाँ ६१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।