संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस
खबरपथ संवाददाता
२५ बैशाख २०७९, आईतवार १५:३२
काठमाडौं।सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
१५ जेठमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।