लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी
मुस्ताङ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ ।
बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका हुन् ।
उनले ६८९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाएर पराजित भए । गुरुङ गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन् । उनले ६४१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङ २२५ मत पाएर पराजित भइन् । लक्ष्मी गठबन्धनबाट उम्मेदवारी दिएकी थिइन् ।