लाङटाङको मतपेटिका सदरमुकाम धुन्चे आइपुग्यो

खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार १७:४६

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका सदरमुकाम धुन्चे आइपुगेको छ । स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका पैदलमार्गबाट सदरमुकाम धुन्चे ल्याइएको हो ।

पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि बोकेरै मतपेटिका ढुवानी गर्न सर्कुलर भए अनुसार शनिबार मात्रै मतपेटिका आइपुगेको हो ।

लाङटाङको मतपेटिका ल्याइए सँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना तत्काल सुरु गर्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठक सम्पन्न हुनासाथ मतगणना सुरु हुनेछ । सदरमुकामबाट सबै भन्दा टाढाको मतदान केन्द्र लाङटाङ नै हो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ । यस वडामा तीन सय सय ६३ मतदाता थिए । जसमा तीन सय दुई मत खसेको हो । यहाँ एक सय ६२ पुरुष र एक सय ४० महिलाले मतदान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*