म्याग्दीमा सकियो १७ वडाको गणना, एमाले अग्रस्थानमा
पोखरा । म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा जितेको छ । धौलागिरि गाउँपालिका १ मा माओवादीका झक बहादुर छन्त्याल निर्विरोध भएका छन् ।
यस्तै, मालिका १ मा कांग्रेसका टंक प्रसाद पुन, २ मा एमालेका उदय कुमार बुढाथोकी, वडा नम्बर ३ मा माओवादीका मोती प्रसाद बुढा, ४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन निर्वाचित भए ।
अन्नपूर्ण गाउँपालिका १ को अध्यक्षमा एमालेका दिलीप कुमार गर्बुजा, वडा नम्बर २ मा पनि एमालेकै ओम प्रकाश फगामी र ३ एमालेका रमेश पुर्जा निर्वाचित भएका छन् । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेक बहादुर थापा, वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
यस्तै, रघुगंगा गाउँपालिका १ को अध्यक्षमा कांग्रेसका बिल प्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी, वडानम्वर ३ एमालेका खिम शाही विजयी भएका छन् । मंगला गाउँपालिका १ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीका धन बहादुर खाती क्षेत्री विजयी भएका छन् ।
धौलागिरि गाउँपालिका २ लुलाङको अध्यक्षमा एमालेका अक प्रसाद विक निर्वाचित भएका छन् । ६ वटै स्थानीय तहको मतगणना जारी छ ।