रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल र माओवादी केन्द्रका थापा निर्वाचित

खबरपथ संवाददाता
४ जेष्ठ २०७९, बुधबार ०७:५०

बुटवल । रुपन्देहीको कंचन गाँउपालिको मतदानको अन्तिम परिणाम आएको छ । कञ्चन गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल निर्वाचित भएका छन । ढकाल ९ हजार ८५ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै (उपप्रमुख) उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएकी छन । थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छिन् ।

कंचन गाउपालिकामा २८ हजार ९ सय ७८ मतदाता रहेकोमा २० हजार २ सय ४२ जनाले मताधिकार प्रयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*