कर्णालीका ६० पालिकाको नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित)

खबरपथ संवाददाता
४ जेष्ठ २०७९, बुधबार १७:२५

सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । १९ पालिकाको भने मतगणना जारी छ ।

६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा एकीकृत समाजवादीले तीन पालिका जितेको छ । प्रदेशका तीन पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । बुधबार दिउँसो १ः०० बजेसम्मको नतिजा यस्तो छ :

कांग्रेसले जितेका पालिका
१० खार्पुनाथ गाउँपालिका (हुम्ला) – कर्णबहादुर रावल
२० कुमाख गाउँपालिका (सल्यान) – मानबहादुर बुढाथोकी
३० त्रिवेणी गाउँपालिका (सल्यान) – खिमबहादुर रावत
४० भैरवी गाउँपालिका ( दैलेख) – रिताकुमारी शाही
५० कनकासुन्दरी गाउँपालिका (जुम्ला)  – दामोदर आचार्य
६० महाबु गाउँपालिका (दैलेख) – लक्ष्मण गुरुङ
७० ठूलोभेरी नगरपालिका(डोल्पा) – स्वर्णबहादुर बुढा
८० हिमा गाउँपालिका (जुम्ला)  – लक्ष्मण शाही
९० तिलागुफा नगरपालिका (कालिकोट) – शंकरप्रसाद उपाध्याय
१०० मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा
११० सिद्धकुमाख गाउँपालिका (सल्यान) – भरत गिरी
१२० ठाटीकाँध गाउँपालिका (दैलेख) – रक्ष बहादुर शाह
१३० कुशे गाउँपालिका (जाजरकोट)  – हरिचन्द्र बस्नेत
१४० बाँफिकोट गाउँपालिका (रुकुम पश्चिम)  – जनककुमार बाँठामगर
१५० चामुण्डा विन्द्रासैनी नगरपालिका (दैलेख) – गणेश कुमार शाही
१६० शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी
१७० शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही
१८० पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा
१९० छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णु कुमार भाम
२०० पञ्चपुरी नगरपालिका (सुर्खेत) – लालविर भण्डारी
२१० बराहताल गाउँपालिका (सुर्खेत) –भीम बहादुर भण्डारी
२२० लेकबेशी नगरपालिका (सुर्खेत) –उमेश कुमार पौडेल
२३० नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट
२४० गुर्भाकोट नगरपालिका (सुर्खेत) – हस्त पुन
२५० छेडागाड नगरपालिका (जाजारकोट) – रत्नबहादुर खड्का

माओवादीले जितेका पालिका
१० जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२० मुड्केचुला गाउँपालिका (डोल्पा) – दत्तबहादुर शाही
३० नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४० ताँजाकोट गाउँपालिका (हुम्ला) – लालकेश जैसी
५० सानीभेरी गाउँपालिका (रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट
६० नाम्खा गाउँपालिका (हुम्ला)  – प्रेमबहादुर लामा
७० पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया
८० भगवतिमाई गाउँपालिका (दैलेख) – गणेश थापा
९० शुभकालिका गाउँपालिका (कालिकोट) – गोविन्दप्रसाद आचार्य
१०० सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी
११० सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल
१२० नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत
१३० बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी
१४० त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी
१५० महाबै गाउँपालिका (कालीकोट) – खेमबहादुर सिंह
१६० चौरजहारी नगरपालिका (रुकुम पश्चिम) – पुष्प बादी
१७० आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) – रबि के।सी।
१८० दार्मा गाउँपालिका (सल्यान) –निम बहादुर केसी

एमालेले जितेका पालिका
१० शेफोक्सुण्डो गाउँपालिका (डोल्पा) – धावा सम्डुङ गुरुङ (निर्विरोध)
२० गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३० डुङ्गेश्वर गाउँपालिका (दैलेख) – सुन्दरकुमार केसी
४० नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा
५० जुनीचाँदे गाउँपालिका (जाजरकोट)  – बेदबहादुर शाही
६० चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी
७० भेरी नगरपालिका (जाजरकोट) – सिपी घर्ती
८० त्रिपुरासुन्दरी नगरपालिका (डोल्पा) – जुनचन्द्र रोकाय
९० कालिमाटी गाउँपालिका (सल्यान) – दानबहादुर केसी
१०० छत्रेश्वरी गाउँपालिका (सल्यान) – ओज बहादुर बुढाथोकी
११० आठविस नगरपालिका (दैलेख) – तर्क बहादुर बडुवाल

एकीकृत समाजवादीले जितेका पालिका
१० काइके गाउँपालिका (डोल्पा) – अंगतकुमार राना (निर्विरोध)
२० छार्काताङसोङ गाउँपालिका (डोल्पा) – सेनाङ गुरूङ (निर्विरोध)
३० कपुरकोट गाउँपालिका (सल्यान) – दुर्गा पुन

स्वतन्त्र उम्मेदवार
१० खाँडाचक्र नगरपालिका (कालीकोट) – कमलबहादुर शाही
२० सान्नी त्रिवेणी गाउँपालिका (कालीकोट) – मोहनबहादुर केसी
३० चन्दननाथ नगरपालिका (जुम्ला) – राजुसिंह कठायत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*