मोरङको सुन्दर हरैँचा नगरपालिकामा एमाले विजयी

खबरपथ संवाददाता
९ जेष्ठ २०७९, सोमबार ०७:३४

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदार प्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।

गुरागाईँले निवर्तमान मेयर समेत रहेका कांग्रेसका शिव प्रसाद ढकाललाई हराएका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए ।

उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*