तिलोत्तमा अपडेट : कांग्रेसले मतान्तर बढाउँदै अग्रता कायम, उप प्रमुखमा एमालेको जित निश्चित

खबरपथ संवाददाता
९ जेष्ठ २०७९, सोमबार ११:१५

बुटवल । अधिकांस पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा रुपन्देहीको तिलोत्तमामा भने एमाले र गठन्बनबाट कांग्रेसको रामाञ्चित यात्रा जारी रहेको छ । आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका मेयर पदमा उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामृष्ण खाँणले अग्रता लिएका छन् ।

शनिबार सम्म पालैपालो अग्रता लिएपनि आईतबारबाट भने लगातार खाँणले अग्रता लिईरहेका छन् । तिलोत्तमाको ३६१५१ मत गणना हुँदा चापागाईंलाई ७५६ मतले पछाडि पार्दै खाँण अगाडि बढेका छन् । पछिल्लो परिणाम अनुसार खाँणको १४१६८ मत आउँदा चापागाईंलाई १३४१२ मत प्राप्त भएको छ ।उप प्रमुखमा भने भारी अन्तरले एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १३०५६ मत आउँदा शर्माको ६७२५ मत मात्र आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*