एमसीसी सम्झौता अनुसार काम अघि बढ्यो : राष्ट्रपति
खबरपथ संवाददाता
१० जेष्ठ २०७९, मंगलवार १७:२७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुसारको काम अघि बढेको जानकारी दिएकी छन् ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन् ।
१० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन् ।