कृषि विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजन
खबरपथ संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १६:४१
काठमाडौं ।सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट भाषण गर्दै कृषि विकास मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् ।
कृषि क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमअघि सार्दै उक्त बजेट विनियोजन गरिएको हो ।