पूर्ण दृष्टिविहीनलाई ‘क’ वर्गको परिचयपत्र दिइने

खबरपथ संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १८:०२

काठमाडौं । सरकारले पूर्ण दृष्टिविहीन भएकालाई ‘क’ वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्ण दृष्टिविहीन भएकालाई पूर्ण अशक्त अपांगता वर्गिकरण गरी क वर्गको परिचयपत्र दिने जानकारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*