फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन
खबरपथ संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १८:०९
काठमाडौं । सरकारले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट ) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षमा सक्ने लक्ष्य लिएको जानकारी दिएका हुन् ।
यसका लागि ३० अर्ब ७ करोड रकम विनियोजन गरेको उनले जानकारी दिए ।