लुम्बिनी प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल

खबरपथ संवाददाता
१८ जेष्ठ २०७९, बुधबार ०७:४२

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि तयार गरेको सरकारको नीति तथा कार्यक्रमको मस्यौदा माथि छलफल गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मंगलबार बुटवलमा अन्तरमन्त्रालय विच प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको मस्यौदा माथि छलफल गरिएको हो । प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिईएको मुख्यमन्त्री कुल प्रसाद केसीले बताउनुभयो ।

सरकारले यहि जेठको २३ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । सोही अनुसार नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा सरकारका सबै मन्त्रालयहरु केन्द्रीत भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*