डलरको भाउ नयाँ उचाइमा, नेरु थप कमजोर

खबरपथ संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार ०८:१२

काठमाडौं । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ ।

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ । बुधबार अमेरिकी डलरको विनियम दर १२४. ६४ रुपैयाँ थियो ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भा.रु. कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समययता डलरको तुलनामा भा.रु. खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत कमजोर हुँदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*