वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

खबरपथ संवाददाता
६ असार २०७९, सोमबार १३:१८

एजेन्सी
न्युयोर्क । अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ । ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने ।

गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिंगटन डीसीको संस्कृति प्रवद्र्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो ।

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*