एनआरएनए स्वास्थ्य सम्मेलनमा अविष्कार केन्द्रका महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने

खबरपथ संवाददाता
१३ असार २०७९, सोमबार १६:०४

लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आवस्किार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

अस्ट्रेलियाको सिड्नी सहरमा आयोजना हुने सम्मेलनको तयारीका लागि आइतबार समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यतक्षामा सम्पन्न बैठकले सुझाव संकलन गरेको थियो । उनले स्वास्थ्य समितिको आयोजनामा हुने सम्मेलनमा भाग लिन विश्वभरका स्वास्थ्यकर्मी उत्साहित रहेको बताए । सापकोटाले सम्मेलनमा नेपालका स्वास्थ्यमन्त्रीलगायत अष्टे«लिया सरकारको तर्फबाट उच्च अधिकारीहरुले भाग लिने जानकारी दिए ।

बैठकमा डा. राजु अधिकारीले सिड्नी सम्मेलनका लागि अवश्यक तयारीको बारेमा जानकारी गराएका थिए । उनले सम्मेलनमा भाग लिन चाहनेहरुको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको पनि बताए ।

स्वास्थ्य समिति युरोपका संयोजक बोधराज सुवेदीले सम्मेलनमा भाग लिन चाहने अनुसन्धानकर्ताहरुलाई समयमै आवश्यक जानकारी पठाउनुपर्नेमा जोड दिए । बैठकमा समितिका सदस्य सचिव डा. सुनिल शाहले अष्ट्रेलिया र बेलायतमा कार्यरत चिकित्सकहरु बीच एक सञ्जालको स्थापना गरी सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सम्मेलनमा नेपाली चिकित्सक र अनुसन्धानकर्ताहरुको सहभागितामा जोड दिए ।

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले संघका सदस्यहरुलाई समेत सम्मेलनमा भाग लिन प्रोत्साहन गरिने जानकारी दिए । डा. सुहेल सापकोटाले हालसम्म ३१ जना चिकित्सकहरुले सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गरेको जानकारी गराए । डा. पुष्पराज भट्टराईले अफ्रिका क्षेत्रमा रहेका नेपाली चिकित्सकहरु सम्मेलनमा भाग दिन उत्साहित रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*