श्रीलंकाका राष्ट्रपति राजापाक्षेले देश छोडे
एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन् ।
कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन् ।
बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्।
शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए ।
राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् ।