महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक

खबरपथ संवाददाता
२९ असार २०७९, बुधबार २०:३०

काठमाण्डौं । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ ।

महालेखाले यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरू समेतको ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखा परीक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

संघ, प्रदेश र स्थानीय तह समेतको लेखा परीक्षणबाट एकै वर्षमा एक खर्ब १५ अर्ब पाँच करोड बेरुजु कायम भएको प्रतिवेदनले औंल्याएको छ ।

गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड थियो। यसमा समायोजन तथा फर्स्यौट गरिएको अंक घटाई यो वर्ष थप भएको बेरुजु जोड्दा कुल बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*