यस्तो छ आजको विनिमय दर
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२८ रुपैयाँ २६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ६० पैसा र बिक्रीमा १३० रुपैयाँ २१ पैसा पाइन्छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६४ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८४ पैसा पाइन्छ ।
त्यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३४ रुपैयाँ १५ पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ६७ पैसा र बिक्रीमा २८ रुपैयाँ ८० पैसा पाइन्छ ।
राष्ट्र बैंकले मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ६७ पैसा तोकेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३४० रुपैयाँ २४ पैसा पाइन्छ ।