व्यापार संघमा हार्डवेयर वस्तुगत उपसमिति गठन
बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध निर्माण व्यवसायी (हार्डवेयर) हरुको वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले विष्णु पाण्डेको अध्यक्षतामा ७ सदस्यीय हार्डवेयर उपसमिति गठन गरेको हो ।
उपसमितिको उपाध्यक्षमा विष्णु पन्त, सचिवमा पारसमणि पोखरेल, सदस्यहरुमा विकास पन्त, भुपेन्द्र पन्त, रामप्रसाद ज्ञवाली, शिव गैरे तथा सल्लाहकारहरुमा माधव ज्ञवाली, सुरेन्द्र कर्ण, शेषकान्त पाण्डेय रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले राष्ट्रको आर्थिक उन्नतिमा व्यापार व्यावसायको उल्लेख्य भूमिका राख्ने बताउदै तिनै तहका सरकारले निजी संस्थाहरुसग हातेमालो गर्दै अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
घिमिरेले रुपन्देही व्यापार संघ आम व्यापारी ब्याबसायीको आसा र भरोसाको केन्द्र समेत भएकोले ब्याबसायि समस्याको समाधानमा एकजुट भएर लाग्न आग्रह समेत गर्नुभयो । यस्तै भेलामा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधि भण्डारी, कोषाध्यक्ष नामदेव पाण्डे, सचिव फर्सुराम पन्त, सह–सचिव ऋषिराम पाण्डे, सह–कोषाध्यक्ष मणि खनाल कार्यसमिति सदस्य हरि गहतराज, व्याग वस्तुगत उपसमितिका संयोजक शंकर पोखरेल लगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकास पार्दै बस्तुगत उपसिमितिहरुलाई रचनात्मक क्रियाकलापहरु अगाडि बढाउने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य मिलन सुनारको अध्यक्षता तथा हार्डवेयर वस्तुगत उपसमितिका सचिव पारसमणि पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।