तिलोत्तमामा मंसिर १५ देख २६ सम्म औधोगिक ब्यापार मेला लाग्ने
बुटवल । रुपन्देहीको तिलोत्तममा यही मंसिर १५ देखि २६ गतेसम्म दोस्रो राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको छ । कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला संचालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला शुरु गर्ने भएका हुन् ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग बाणिज्य संघको सह-आयोजनामा मेला हुन लागेको मेला मुल आयोजक समितिका संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।
जीएमका अनुसार मेला विभिन्न २ सयदेखि ३ सयसम्म स्टलहरु रहेने छन् । मेलाको करिब १५ लाख दर्शक उपभोक्ताले अवलोकन गर्ने अपेक्षा लिइएको जीएमले बताए । मेलामा विभिन्न गतिविधिहरु गरिने छन् । मेलामा महिला कुस्ती प्रतियोगिता, मम्मी डान्स, डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरु राखिने जीमले उल्लेख गरे । मेलामा आकर्षक सेल्फी जोनको पनि निमार्ण गरिने र आकर्षक प्यागोडा शैलीको गेट समेत निर्माण गरिने उनले उल्लेख गरे । मेलाले औधोगिक बिकासमा टेवा पुर्याउने उनले विश्वास ब्यक्त गरे ।
मेला अवधिभर स्थानीय तथा राष्ट्यि कलाकारहरुको संगीतिक प्रस्तुति रहने सांस्कृतिक संयोजक भूपति न्यौपानेले बताए । मेलामा विद्यालयक स्तरका नृत्य प्रतियोगिता समेत राखिएको नृत्य प्रशिक्षक तिर्सना बुढाथोकीले जानकारी दिइन् ।
कोभिड १९ पछि खुलेर मेला संचालन नभएको अवस्थामा यो मेला सबैका लागि आकर्षक हुने तिलोत्तमा चेम्बर अफ कमर्शका संस्थापक जेपी कडेंलले उल्लेख गरे । आम उपभोक्ता र ब्यापारी ब्यवसायीलाई नजिक बनाउन यो मेलाले सहज भुमिका खेल्ने विश्वास उनले ब्यक्त गरे । मेलामा कृषि र पर्यटनलाई पनि टेवा पुग्ने गरी स्टलहरु सहभागि गराईने तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए ।
मेला अविधिभर संचारकर्मी, कुटनीतिक निकायका प्रतिनिधि तथा सरकारी निकायका कर्मचारीलाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको प्रचारप्रसार संयोजक सूर्य चापागाईले जानकारी दिए ।