कोरियन भाषा परीक्षा सञ्चालनको लागि बुटवलमा अध्ययन सुरु

खबरपथ संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार २२:०२

बुटवल । रोजगारीको लागि कोरिया जान चाहने युवाहरुलाई बुटवलमै कोरियन भाषा परीक्षा (इम्प्लोईमेन्ट प्रमिट सिष्टम–ईपिएस) सञ्चालनको लागि फरेन वर्क फोर्स एण्ड ग्लोवल एच आर डि कोरिया र ईपिएस नेपालले अध्ययन सुरु गरेको छ ।
रोजगारीको लागि कोरिया जान परीक्षा दिने युवाहरुको चाप बढेको र यसलाई थप व्यवस्थित र परीक्षार्थीलाई सहज बनाउनको लागि काठमाण्डौ बाहिर पनि परीक्षा सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको ईपिएस नेपालका डाईरेक्टर पुष्पराज कटुवालले बताउनु भयो । ‘काठमाण्डौ बाहिर पनि भाषा परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने भएको छ ।’ उहाँले भन्नुभयो–‘तर कहाँ कहाँ परीक्षा सञ्चालन गर्न सकिन्छ, अध्ययन र छलफल मै छौं ।’

शुक्रबार मात्रै फरेन वर्क फोर्स एण्ड ग्लोवल एच आर डि कोरियाका भाईस प्रेसिडेन्ट किम संङ् जे र ईपिएस नेपालका डाईरेक्टर पुष्पराज कटुवाल सहितको टोलीले बुटवलको कोरिया नेपाल ईष्टिच्युट अफ टेक्नोलोजी लगायतमा स्थलगत अवलोकन गरिएको अंकुर नेपालका संस्थापक अध्यक्ष गम्भिर गुरुङले बताउनु भयो । आफूहरुले पनि बुटवल आसपासको कुनै स्थानमा भाषा परीक्षा सञ्चालन गर्न आवश्यक रहेको र परीक्षा सञ्चालन गर्न सकिने कुराको अवगत गराएको उहाँले बताउनु भयो ।
फरेन वर्क फोर्स एण्ड ग्लोवल एचआरडि कोरियाका भाईस प्रेसिडेन्ट किम संङ् जेले भाषा परीक्षा सञ्चालनको लागि भवन र आवश्यक उपकरण चाहिने भएकाले तत्कालका लागि काठमाण्डौ बाहिर परीक्षा सञ्चालन गर्न त्यति सहज नभएको बताउनु हुन्छ । तर विभिन्न स्थानमा अध्ययन र छलफल भईरहेकाले आगामी दिनमा हुन सक्ने उहाँको भनाई छ ।

अहिलेसम्म अदक्ष जनशक्तिलाई लगिरहेको कोरियाले अवको दिनमा दक्ष जनशक्ति पनि लैजाने तयारी गरेको छ । फरेन वर्क फोर्स एण्ड ग्लोवल एचआरडि कोरियाका भाईस प्रेसिडेन्ट किम संङ् जेका अनुसार सुरुका दिनमा वेल्डिङ् सिकाएर लैजानेकी भन्ने रहेको उहाँले बताउनु भयो । तर त्यसको लागि कोरिया सरकारले निर्णय लिनुपर्ने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*