तिलोत्तमा नगरपालिकामा हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं शृङ्खला पूरा, अब ‘नो हर्न नगर ’

खबरपथ संवाददाता
२४ फाल्गुन २०७९, बुधबार २१:४१

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं शृङ्खला पूरा भएसँगै अब ‘नो हर्न नगरपालिका’ घोषणा हुने भएको छ ।

आगामी चैत्र १ गते पूरा हुने १ सयौं दिनको संस्करण अन्तरगत सोही दिन तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिने भएको हो ।

सप्ताहव्यापी कार्यक्रमसहित अभियानको सयौं दिनको संस्कर मनाउँन लागेको तिलोत्तमाले बुधबार पत्रकारसँग अन्तरक्रिया गर्दै कार्यक्रम बारे जानकारी गराइएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन २५ गते टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, २७ गते नगर स्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए ।

यसैगरी फागुन २८ गते सामुदायिकरसंस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसलाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने उनले बताए ।

शृङ्खलाको १ सयौं शृङ्खला चैत्र १ गते मुल समारोहसहित भव्यताकासाथ कार्यक्रम गरिने तिलोत्तमाकी उप प्रमुख जगेश्वर देवी चौधरीले बताइन् । मुल समारोहमा विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरुलाई सम्मान गरिने भएको छ ।

सोही दिननै नगरमा कुहिने र नकुहिने फोहोर अलग-अलग उठाउने कार्यक्रमको सुरुवात गरिने चौधरीले जानकारी दिइन् ।

तिलोत्तमाका १९९ टोल बिकास संस्था मार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको सयौं दिनको शृङ्खला मुल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए ।

नगरमा हाल ४० जना सरसफाईकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको उनले बताए । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ ।

बुधबार आयोजित अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले सचेतना सम्बन्धि प्रचार प्रसारलाई थप वृहत र व्यवस्थित गराउन सुझाब दिए ।

यसैगरी छिमेकी पालिकाहरुसँग पनि समन्वय गरि अघि बढ्न सके अभियानले सार्थकता पाउने उनले बताए । अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले अभियान लगायत नगरपालिकाले गरेका कार्यकोबारेमा थप जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*