एकल महिलाहरुलाई २ दिने सेनिटरी प्याड बनाउने तालिम

खबरपथ संवाददाता
५ बैशाख २०८०, मंगलवार १६:५१

बुटवल । बुटवलमा एकल महिलाहरुलाई २ दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । मंगलबार तालिमको सफलताको शुभकामना दिंदै प्रमुख अतिथि बुटवल वडा नंं १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मीेले सिप मुलक तालिमले महिलामा आत्मनिर्भर बनाउनुका साथै आत्मविश्वास र क्षमतामा बृद्धि हुने बताउनुभयो ।
त्यसैगरी एकल महिला समुहका अध्यक्ष मनु पाण्डेले पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याडको तालिमले एकल महिलाहरुले कम्तीमा आफूलाई प्रयोग गर्न प्याड बनाउन सक्ने हुँदा आर्थिक रुपमा भार कम हुने र स्वास्थ्यको हिसाबले पनि गुणस्तरीय रहने बताउनुभयो ।
त्यसैगरी तालिमकी प्रशिक्षक अन्जु थापा जिसीले २ दिनको तालिममा रहेर आफूले एकल महिलाहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सक्षम बनाउने बताउनुभयो ।

एकल महिला समुह वडा नं.१७ का अध्यक्ष मनु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति बुटवल वडा नंं १७ का अध्यक्ष ज्ञान बहादुर रेश्मी, विशिष्ठ अथिति पवित्रा खनाल र अथितिमा वडा सदस्यहरु देवी टेगोरिया थारु , तुलसी बहादुर थारु, राम प्रसाद न्यौपाने, राधिका श्रेष्ठ र मेलमिलाप केन्द्रका रण बहादुर रानाको आथित्यता रहेको थियो ।

मानव अधिकारका लागी महिला एकल समुहको आयोजनामा बुटवल वडा नं. १७ को सभाहलमा ४ र ५ गते २ दिन तालिम सम्पन्न भएको हो । तालिममा वडा नं.१७ का ३० जना एकल महिलाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*