मगर महिला संघमा नेतृत्व चयन

खबरपथ संवाददाता
२२ जेष्ठ २०८०, सोमबार २२:००

बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर वडा नंं २ इकाई समितिको एघारौं साधारण सभा तथा छैटौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

सोमबार बुटवलमा सम्पन्न अधिवेशनबाट रम्भा थापा मगरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा टोपली सारुमगर, सचिवमा शशीकला कुँवरमगर, सहसचिवमा रिता रानामगर र कोषाध्यक्षमा शान्ति ठाडामगर सर्वसम्मत् निर्वाचित हुनुभएको छ । त्यसै गरी सदस्यहरुमा दुर्गा रानामगर, शोनी थामीमगर, धनु थापामगर, बसन्ती थापामगर, शुसिला थापामगर, यशोदा आलेमगर र टिका थापामगर निर्वाचित हुनुभएको छ । तीन जना सदस्य कार्यसमितिले पछि मनोनयन गर्ने गरी अधिवेशन सम्पन्न गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठी घरेमगर, नेपाल मगर महिला संघ बुटवल उपमहानगर समिति अध्यक्ष सरिता श्रीशमगर, बुटवल उपहानगरपालिका वडा नं २ का वडा अध्यक्ष सुनिल शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापामगर, नेपाल मगर महिला संघ बुटवल २ नं वडाका संस्थापक यवम संघका बुटवल उपमहानगरपालिका समिति उपाध्यक्ष नारायणी पाटामगर, नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष चेतन ठाडामगर, नेपाल मगर संघ बुटवल वडा नं २ समितिका अध्यक्ष हिरा बहादुर वाकाबलमगर, संघका निवर्तमान अध्यक्ष सानुमाया दर्लामी मगर लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । नेपाल मगर महिला संघले महिलाहरुको नेतृत्व विकास, महिला सशक्तिकरणका साथै सांस्कृतिक मूल्य र मान्यतालाई संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*