अक्सफोर्डका दर्शन र अभिषेकले ल्याए ३.९५ जिपिए
बुटवल । बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
विहिबार सार्वजनिक नजिता अनुसार विद्यालयका २ जना विद्यार्थीहरु दर्शन खनाल र अभिषेक खनालले ३.९५ जिपिए प्राप्त गरेका छन् । यस बर्ष कुल १ सय ५ विद्यार्थीले एसईई दिएकोमा अन्य सवै विद्यार्थीहरुको नतिजा उत्कृष्ट भएको विद्यालयले जनाएको छ ।
त्यस्तै २ जना विद्यार्थीहरुले ३ दशमलव ९ जिपिए ल्याएका छन् । विद्यार्थीहरु माधवी भटट्राई र पुजा बञ्जाडेले ३ दशमलव ९ जिपिए ल्याएको विद्यालयले जनाएको छ ।
समग्र नतिजाको विश्लेषण गर्दा अक्सफोर्ड नै उत्कृष्ट भएको प्राचार्य दिनेश भुसालले बताउनुभयो । आज देखि भर्ना शुरु भएको कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनको लागि विद्यार्थीहरूको चाप बढेको हुदा २/३ दिनमै भर्ना बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।
संस्कार सहितको शिक्षाको लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गर्नुभयो । अक्सफोर्डमा विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा विहानी तथा दिवा समयमा पढाइ हुने गर्दछ।