लुम्बिनी प्रदेशले निजामति कर्मचारी सेवा ऐन ल्याउदै

खबरपथ संवाददाता
२२ असार २०८०, शुक्रबार १५:१३

दाङ । लुम्बिनी प्रदेशले निजामति कर्मचारी सेवा ऐन ल्याउने भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठकले ऐन ल्याउने निर्णय गरेको हो ।

बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिनुभयो ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीहरुको वृत्ति विकास र सहज व्यवस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको बताउनुभयो ।  सरोकारवाला सबैको सुझाव समेटेर ऐन तयारी भएको बताउदै मुख्यमन्त्री चौधरीले त्यो छिट्टै कार्यान्वयनको चरणमा जाने दाबी गर्नुभयो ।

कर्मचारीहरुको हितलाई ख्याल गर्दै कर्मचारीको वृत्ति विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउन लागेको प्रवक्ता पाण्डेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*