उत्कृष्ट विद्यार्थीको रोजाईमा होराइजन गौतम बुद्ध स्कुल
बुटवल । न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित होराइजन गौतम बुद्ध स्कुल ड्राइभर टोल सदा जस्तै यसपटक पनि गुणस्तरीय र मेधावी विद्यार्थीहरूको रोजाइमा परेको छ। रुपन्देही जिल्लाबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरु सहित नवल परासी जिल्लाको लिटिल बुद्ध एजुकेशन फाउण्डेशन गोपिगञ्जवाट 4 जिपिए प्राप्त गरी नेपाल प्रथम हुने शुश्री तृष्णा कुमारी गौड ले होराइजन गौतम बुद्ध स्कुल तिलोत्तमा- ड्राइभर लाइ छनोट गरी आफ्नो कक्षा 11-12 को शैक्षिक यात्रा तय गर्ने निर्णय गरेकी छन्। न्यु होराइजन कलेज ड्राइभर टोल को दक्ष शैक्षिक जनशक्ति, उन्नत भौतिक पुर्वाधार र गौरवमय उपलब्धि सहितको इतिहासले आफुभित्र आत्मविश्वास बढेको र यसले उत्पादन गरेको जनशक्तिले एम् बि बि एस्, इन्जिनियरिङ,सि ए जस्ता विधाहरुमा राष्ट्रिय रेकर्ड कायम गरी कलेजलाई ब्राण्डिङ गरिसकेको ले आफ्नो रोजाइमा न्यु होराइजन कलेज ड्राइभर टोल परेको छात्रा गौडले वताइन्। उनका पिता सुवास गौड ले आफ्नो सुपुत्रीले होराइजन जिबिएस छनोट गरेको र कलेजको वातावरणले आफु सन्तुष्ट रहेको बताए। निज छात्राले आफ्नो अभिरुची प्रशुति रोग विशेषज्ञ बन्ने रहेको बताइन्।
स्मरण रहोस यसपटकको एस् इ इ परिक्षामा होराइजन जिबिएस स्कुलले 3.95 जिपिए सहित रुपन्देही जिल्लामा प्रथम स्थान हासिल गरेको छ। बिज्ञान तथा व्यवस्थापनमा कक्षा 11-12 का कक्षाहरु बिगत लामो समयदेखि सञ्चालन गरेर कक्षा 12 बोर्डको नतिजामा प्रथम स्थान प्राप्त गरी आफ्नो गुणस्तर प्रमाणितगरी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह ISO 9001-2015 प्राप्त गरिसकेको छ।