टिकट सस्तो भएपछि लुम्बिनीकेबलकारमा पर्यटकको घुइंचो
बुटवल । टिकट दरमा ५० प्रतिशत छुटदिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ ।
केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ शुरु गरेसंगै पर्यटक बढेका हुन् ।
केबलकारको दुईतर्फी यात्राकालागि साधारण टिकट दर ७५० रुपैयां रहेकोमा ‘मर्निङ अफर’ को लागि ३७५ रुपैयां मात्रकायम गरिएको छ ।
टिकट सस्तो भएको थाहा पाएपछि बुधबार बिहान ९ नबज्दैदेखि १२ बजेसम्म केबलकारमा सर्वसाधारणको उत्साहजनकउपस्थिति र चहलपहल बढेको थियो ।
यसअघि केबलकारमा प्रतिदिनऔसतमा ५ सय जना पर्यटक आउने गरेकामा ‘मर्निङ अफर’को पहिलो दिन ३ घण्टामै ९९६ जना पर्यटक आएका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।
सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मकालागि यो अफर ल्याइएको सैंजूले बताए ।
आईएमई ग्रुपको अगुवाईमा कुल ५ अर्ब लागतको लुम्बिनीप्रदेशकै पहिलो यो केबलकारगत जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमाआएको थियो ।
सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मकालागि यो अफर ल्याइएको सैंजूले बताए ।
यो अफरमा भारतीयनागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुककाविदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने प्रालिले जनाएको छ ।
यो अफरले आम सर्वसाधारणलाई निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर दिएको बुटवलका विष्णु खत्रीले बताए । आर्थिक मन्दी र नागरिकको क्रयशक्तिकमभएकोे परिप्रेक्ष्यमा टिकट दर आधा सस्तो बनाउंदाआम सर्वसाधारणलाई सहजभएको बताए ।
पाल्पाबाट आएका ५० वर्षिय नारायण अर्यालले टिकट दर आधा घटाएर अफर ल्याउनु राम्रो भएको तर बटम स्टेशसनमा एक बोतलपानीको मुल्य ५० रुपैयां लिनु उचितनभएको सुझावदिए ।
२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनपाल्पाको बसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुकालागि विशिष्ट आकर्षण बनेको छ ।
कामाख्यामन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशकाविभिन्नशहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेको आयोजनाप्रमुखगोकुल साउदले जानकारी दिए । जेठ १५देखि असार मसान्तसम्म केबलकारमा करिब ३० हजार जना पर्यटक आएका र ४० प्रतिशतभारतीय रहेका साउदले बताए ।
समुद्री सतहबाट ९६० मिटर उचाईमा रहेको बसन्तपुरमा तराईका ठाउं भन्दा७ देखि १० डिग्री सेल्सियस कमतापक्रमहुने भएकाले गर्मी मौसममाशितल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको थलो बनेको छ ।
केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशतसेवाशुल्कवापतबुटवल उपमहानगरपालिका र तिनाउगाउंपालिकाकालागि छुटाएको छ । उक्त रकमदुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ ।
टप स्टेशनमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जनाक्षमताको बैंक्वेट हल, क्यासिनो सहितपांचतारे होटेल बनाउने तयारी भएको छ ।