नेपालचीन मैत्री समाजद्धारा बृक्षारोपण
भैरहवा,१५ साउन । नेपालचीन दौत्य सम्बन्ध स्थापनाको ६८ औं वर्षगांठको अवसरमा नेपालचीन मैत्री समाज लुम्बिनीले भैरहवामा वृक्षरोपण गरेकोछ । समाजले सोमबार भैरहवा बहुमुखी क्याम्पस परिसरमा धुपी, गोलमोहर, जरुल,बिरेन्द्र फुल , अमला , कल्की, कपुर आदिजातका बिरुवा रोपेको हो ।
सो अवसरमा लुम्बिनी स्थित चिनिया मन्दिरका गुरु हु बेनले विश्वशान्तिको पवित्र भुमि लुम्बिनीमा शान्ति कामना गर्न अत्यन्तै खुसी लागेको बताए । उनले चिनले विश्वमा शान्ति चाहेको भन्दै नेपालमा पनि शान्ति कायमहोस् भन्ने कामना गरे ।
नेपालचीन मैत्री समाजका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनसंग नेपालको सम्बन्धजनस्तरमा थप विस्तार गर्न आफ्नो संस्थाले चीनका महत्वपुर्ण अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु ग्र्दै आएको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको बताए ।
कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका प्रमुखअनल कुमार झा ,लुम्बिनी बुद्ध युनिभर्सिटीका अनुसन्धान निर्देशक डा.गीतुगिरी, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, महासचिव मनिष जोशी ,प्राध्यापक इन्द्र बहादुर थापा लगायतले वातावरण संरक्षणमा बृक्षरोपणको महत्वबारे चर्चा गरेका थिए ।