शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २५ औं बार्षिक साधारण सभा
बुटवल । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था योगीकुटीको २५ औं साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको २५ औं बार्षिक साधारण सभाको उद्धघाटन गर्नुहुदै प्रमुख अथिति तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरीदेवी चौधरीले नागरिकलाई सुरक्षित खानेपानी खुवाउनु हामी सबैको कर्तब्य भएकाले सबै हामी सबै सरोकारवाला त्यसमा लाग्नुपर्ने बताउनुभयो ।
शंकरनगर खानेपानी संस्था मुलुकै नमुना र अब्बल खानेपानी संस्था बन्न सफल भएकोमा प्रसंसा गर्दे चौधरीले खानेपानी र सरसफाई नागरिकको स्वास्थ संग प्रत्यक्ष जोडिएकाले खानेपानीको सुरक्षितता र सरसफाईलाई अझ महत्व दिनु पर्नेमा जोड दिनुभयो । उहाँले संस्थाहरु आर्थिक रुपमा बलियो हुँदै नागरिकमुखी बनाउनु पर्ने बताउनुभयो ।
उपमेयर चौधरीले एक अर्को प्रसंगमा तिलोत्तमामा महिला विधालयको स्थापना गर्ने बताउनुभयो । उहाँले विधालय स्थापनाको लागी नितीमा समाबेश गरी बजेटको ब्यवस्था पनि भएको बताउनुभयो । उहाँले आउँदै गरेको हिन्दुनारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना दिंदै तिजलाई भड्किलो बनाउन नहुने बताउनुभयो । तिजको दर खाने नाममा एक महिना अगाडी देखि पार्टी प्यालेसहरुमा गलत बिकृति बढेका कारण हुनेखानेलाई भन्दा हुँदाखानेलाई दुख महसुस हुने हुँदा यस्तो नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ठ अथिति खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले खानेपानी ब्यवस्थापनको लागी संघ ,प्रदेश सरकारले तर्जुमा गर्ने बजेटमा कमी हुँदै गएको बताउनुभयो । उहाँले पछिल्लो समय जलप्रद्सणको समस्या टड्कारो रुपमा आएको बताउनुभयो । उहाँले खानेपानी प्रदायक संस्थाहरुले नेपाल सरकारको मापन अनुसार खानेपानी पु¥याउन जरुरी रहेको बताउनुभयो । उहाँले खानेपानी संस्थाहरुले पानीको गुणस्तरीयताको बिषयमा सोच्नु पर्ने सुझाव दिनुभयो । उहाँले शंकरनगर खानेपानी संस्था मुलुकै नमुना खानेपानीको रुपमा स्थापित भएको बताउनुभयो ।
कार्यक्रममा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले कार्यसमितीको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रतिवेदन मार्फत उपभोक्ताबाट लिने गरीएको होलचेन्ज बापतको दस्तुर हटाईएको बताउनुभयो । उहाँले संस्थाको वेवसाईट निर्माण गरि उपभोक्ता तथा सरोकारवालाहरु संगको सुचनालाई सहज र सरल बनाईने बताउनुभयो । त्यैसैगरी खानेपानीको गुणस्तरलाई मध्यनजर गरी ३ वटा पानी टंककीममा संचालित automatic chlorination Plant मा digital Display machinery जडान गरी water Quality live display गरीने बताउनुभयो । उहाँले तिलोतमा नगरका वडा नं. ३ र ४ सिमानगरमा रहेका २ वटा खानेपानी उपभोक्ता संस्थाालाई एकिरण गर्नको लागी पहल गर्ने पनि बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डेले अध्यक्षद्धारा प्रस्तुत प्रतिबदेन रचनात्मक रहेकोे बताउनु भयो । उहाँले सिमानगरका दुई खानेपानीलाई समावेश गरिने प्रस्ताव स्वागत याोग्य रहेको बताउनुभयो ।
त्यसैगरी नेकपा एमालेका नगर अध्यक्ष तामनाथ पाण्डेले अध्यक्षको प्रतिवेदन बुदागत रुपमा बुझीनेगरी आएको बताउनुभयो । उहाँले संस्थाले बनाएका शौचालयको ब्यवस्थापनका लागी नगरपालिका संग सहकार्य गर्नुपर्ने बताउनुभयो ।
त्यसै गरी नेकपा माओबादी केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले तुलनात्मक रुपमा अघिका प्रतिवेदन भन्दा राम्रो प्रतिवेदन आएको बताउँदै उसमा पार्षदहरुले बुँदागत छलफल गरी जानुपर्ने बताउनुभयो ।
त्तैसैगरी राजमोका नगरसल्लाहकार सदस्य दधिरामम पौडेलले कतिपय संस्थाहरु राजनैतिक हिसावले भन्दा दलिय सिंडिकेटमा चलेकोले अब्बल ब्यक्ति पछि पर्ने अवस्था आउने गरेको बताउँदै यस्तो हुन नहुने बताउनुभयो । उहाँले बन्दसत्रमा पार्षदहरुले रचनात्मक सुझाव दिन जरुरी हुने बताउनुभयो ।
त्यसैगरी रास्वपाका नगर सभापति रुस्तम कडेलले संस्थाले प्रविधीको प्रयोग गरी तरल फोहरलाई पनि सुरक्षित पानी बनाउने तर्फ सोच्नु पर्ने बताउनुभयो । उहाँले संस्थाले प्राविधिक शिक्षामा लगानी गरि दक्ष प्राविधीक उत्पादन गर्न तर्फलाग्नु पर्ने बताउनुभयो । त्तसैगरी राप्रपाकी नगर अध्यक्ष राधिका पाण्डेले संस्थाले गरेको कार्यको मुक्त कण्ठले प्रससा गर्नुभयो । उहाँले संस्थाकोलाई आफु र आफनो पार्टीको तर्फबाट सद्धैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी सम्पूर्ण जनप्रतिनिधीको तर्फबाट वडा नं. २ का सभापति दिल बहादुर भटराईले सरसफाई र खानेपानी नङ र मासु जस्तै भएको बताउनुभयो । उहाँले सरसफाईको कार्यको शुरुवात खानेपानी संस्थाले गरेको उल्लेख गर्नुभयो । उहाँले तराईमा खानेपानीको सतह घटेकाले संंस्थाले पोखरीहरुको निर्माण गर्नुपर्ने बताउनुभयो ।
निवर्तमान अध्यक्ष हरि प्रसाद तिवारीले सरसफाईको क्षेत्र अझ बढी कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले देशैभरी खानेपानीको भन्दा सरसफाईको विकराल अवस्था रहेको बताउँदै संस्था त्यस तर्फ लाग्नुपर्ने बताउनुभयो ।
सम्पूर्ण खानेपानी संस्थाहरुको तर्फबाट आनन्दबन सरसफाई खानेपानी संस्थाका अध्यक्ष केशव राज न्यौपानले उपभोक्ताहरुलाई सहज हुनेगरी प्रतिवेदन आएको बताउनुभयो । उहाँले हालको पानीमा क्याल्सियमको मात्रा बढी रहेको उपभोक्ताको गुनासो आएकोमा टंकीमा फिल्टर गरी पानी पठाउन सकेमा त्यसमा कमि आउने बताउनुभयो ।
कार्यक्रममा सम्पूर्ण पुरुष पार्षदको तर्फबाट ईन्द्रमणी अर्याल, महिलापार्षदको तर्फबाट संगिता गौतम, दुर्गादत्त उच्च माविका प्राचार्य चण्डी प्रसाद पाण्डे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएकोे थियो ।
शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष केशव शर्मा तिवारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने संस्थाकी सचिव कमला ज्ञवालीले कार्यक्रमको सहजिकरण गर्र्नुभएको थियो ।
तिलोत्तमाको होटल पौवामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, पार्षदहरु र संचारकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शंकरनगर खानेपानी संस्थामा हाल धारा संख्या ७४८३ रहेको छ भने ३ बटा ४५०,०००० लिटर क्षमता भएको ओभर हेड टंकी रहेको छ ।