अन्तर्राष्ट्रीय मन्चहरुमा समेत प्रतिनिधित्व बढाउदै तिलोत्तमा
तिलोत्तमा । एकपछि अर्को कार्यमा पहिचान बनाउन सफल रुपन्देहीको तिलोत्तमानगरपालिकाले मेयर फर पिस नामक जापानमा रहेको संथाको सदस्यता प्राप्त गरेको छ। स्थानियतहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ् स्थापित् शान्ति र बिकासकालागि अघि बढेको सो संस्थाको गतभदौ १५ गते सदस्यताप्राप्त गरेको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो।
सो संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् भने नेपालमा ३३ वटा पालिकाले सो सदस्यतालिएका छन् ।
यस्ता शहरहरुमा रहेका पालिकाहरुले उप–राष्ट्रिय कूटनीतिमा बढ्दो महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा शान्तिकालागि मेयरहरूले आणविक हतियार रहित संसार, सुरक्षित र लचिलो शहरहरू, र शान्तिको संस्कृतिको लागि काम गरिरहेका छन्। जसमा शान्ति प्रत्येक व्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ।
नगरसंगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानव अधिकार उल्लङ्घन जस्ता मानवजातिको सह अस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रकालागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको नगरप्रमुख खाणले बताउनुभयो ।