भारतीय रियालिटी शो ईडिन्यन आईडल बिजेता रीट्टो रीवाले बुटवलमा प्रस्तुती दिने
सांगितिक प्रस्तुतीका लागि रीट्टो रीवासहित ८ जना कलाकार आउने प्लान–बि क्लवले जनाएको छ । करिब १ हजार दर्शक क्षमता भएको प्लान–बि क्लवको सभाहलमा आगामी असोज २६ गते शुक्रबार साँझ ८ बजेदेखि राती १ बजेसम्म संचालन हुने सांगितिक कार्यक्रममा ईडिन्यन आईडल बिजेता रिट्टो रिवाले प्रस्तुती दिनेछन् ।
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित आयोजित एवं ईडिन्यन आईडल बिजेता रिट्टो रिवाले प्रस्तुती दिने कार्यक्रमका लागि आवश्यक तयारी पुरा भएको आयोजक प्लान–बि क्लवका संचालक कमल रानाले बताएका छन् ।
खासगरि भारतिय ग्राहकहरुलाई आकर्षित गर्ने र यसक्षेत्रको पर्यटन प्रबद्र्धन गरि आर्थिक बिकासमा टेवा पुराउने उद्देश्यले भारतबाट उच्चस्तरिय कलाकार बोलाईएको संचालक रानाले बताए । संचालक रानाले भने— हाम्रो मुख्य उद्देश्य यसक्षेत्रको ब्यापार ब्यबसायलाई गुल्जार बनाउन पर्यटन प्रबद्र्धनमार्फत आर्थिक बिकास गर्ने हो, मुख्यतयाः धनाढ्य बर्गका भारतिय ग्राहकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गरि मनोरन्जन गराउने हो ।
रात्रीकालिन ब्यबसाय भएकोले उच्च सुरक्षा सतर्कता रहेको र सामान्यतयाः अरु बेलामा प्रबेश शुल्क ५ सय रहेको प्लान–बि क्लवमा आगामी शुक्रबारका लागि रु १ हजार र १ हजार ५ सयको टिकटको ब्यबस्था गरिएको क्लवका अध्यक्ष शुरेश कुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने–प्रसिद्ध कलाकार आउने भएकाले सबै प्रकारका सुरक्षा ब्यबस्थाको उचित प्रबन्ध मिलाएका छौं ।
हाम्रो आफ्नै आन्तरिक प्रयोजनका लागि सुरक्षा दस्ता (बाउन्सर टिम) छ र स्थानिय पालीका, प्रहरी, प्रशासनसँग पनि सहयोगका लागि समन्वय भैरहेको छ ।
सात जना स्थानिय युवाहरुको सक्रियतामा करिब १२ करोड रुपैयाँको लगानीमा संचालनमा आएको आधुनिक र सुबिधायुक्त प्लान–बि क्लवले हाल ६१ जना युवालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको क्लवका शेयर सदस्य जिवन काफ्लेले बताए ।
काफ्लेका अनुसार तिन महिनाअघि गत असार २३ गतेदेखि संचालनमा आएको सो क्लवमा दैनिक ३ हजारसम्म ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष रहेको छ ।
दिनभर ब्यापार ब्यबसायमा ब्यस्त हुने र बाहिरबाट भ्रमणका लागि आउने आन्तरिक र बाह्य पर्यटकलाई अन्तराष्ट्रिय स्तरको मनोरन्जन दिने मुल लक्ष रहेको काफ्लेले बताए । उक्त क्लवमा अध्यक्ष श्रेष्ठ, संचालक राना र काफ्लेसहित मुकेश राना, रन्जन शाक्य, तेजबहादुर थापा र शिव थापाको संयुक्त लगानी रहेको छ ।