नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको नियमित रक्तदान
बुटवल । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले नियमित रत्तदान सम्पन्न गरेको छ । शुक्रबार ब्लड बैंक बुटवलमा आयोजित रत्तदान कार्यक्रमको उद्धघाटन गर्नु हुदै प्रमुख अथिति लायन्स मल्टिपल डिस्ट्रिक ३२५ बि का पास्ट मल्टिपल काउन्सील चिफ पर्सन लायन्स सुनिल ओझाले संघलाई सधैभरी साथ सहयोग र सपोर्ट गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति संघका केन्द्रिय सल्लाहकार दामोदर घिमिरेले रगतको अभाव हुन नदिन संघ निरन्तर लागेकोमा प्रंससा ब्यक्त गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा अथितिहरु अनुप मोडवारी , मेङ्गो ट्रिका संचालक प्रकाश पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाल रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले कार्यक्रमको समापन गर्नुहँदै बिजया दशमी शुभदिपावली र छठ पर्वको शुभकामना ब्यक्त गर्दे उहाँले रगतको विकल्प नै रक्तदान भएकाले संघले धेरै भन्दा धेरै रक्तदानको आयोजना गरएिको बताउनुभयो ।
नेपाल रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यत्रम संयोजक संघका सचिव ईश्वरी प्रसाद बन्जाडेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संघका सदस्य दिनेश ज्ञवालीले गर्नुभएको थियो ।
रक्तदान कार्यत्रमको प्रायोजन जिनोमिक डाइग्नोस्टिक ल्याबोटोरी प्रा लिले गरेको थियो भने रक्तदाता अनुप मोडवारीले आफनो जन्मदिनको अवसरमा रक्तदान गरी मनाउनु भएको थियो ।
साथै सोहीदिन नै नेपाल रक्तदाता संघ रुपन्देही शाखाका र कल्याणकारी बहुउद्धेश्यीय सहकारी सस्थाको सहकार्यमा रक्तदाता संघका उपाध्यक्ष भास्कर शाहीको नेतृत्वमा रक्तदान कार्यत्रम सम्पन्न भएको थियो । रक्तदान कार्यत्रममा ३६ प्रिन्ट रगत संकलन भएको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।
>