नियमित रक्तदाता संघको रक्तदान कार्यक्रम, ४० प्रिन्ट रक्त संकलन

खबरपथ संवाददाता
१० मंसिर २०८०, आईतवार २०:५३

बुटवल । रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मुल नारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघको नियमित कार्यक्रम अन्तर्गत शनिवार बुटवल ब्लड बैकमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अथिति लायन्स क्लब ईन्टरनेशनल लायन्स प्रिडिस्ट्रिक ३२५ पि नेपााल क्याबिनेट ट्रेजर दिेनेश प्रसाद श्रेष्ठले रक्तदान गर्नु सबै भन्दा पुन्यको कार्य भएको बताउदै उहाँले संघले गर्ने हरेक रक्तदान कार्यक्रमलाइ सदैब आफनो सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी संघका केन्द्रिय सल्लाहकार गणेश न्यौपानेले रगतको अभाव हुन नदिन संघले गरेको कार्यको प्रसंसा गर्नुभएको थियो । त्यसैगरी संघका केन्द्रिय सचिव मन्जु गिरीले संघले गरेका गतिविधी र आगामी कार्यक्रमका बारेमा प्रस्ट पार्नु भएको थियो ।

रुपन्देहीका अध्यक्ष अशेस सिल्वालले रगतको अभाव हुन नदिन संघले नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गरीरहेको बताउनुभयो । उहाँले संस्थाको नियमित मासिक कार्यक्रम अनुसार हरेक महिनाको दोस्रो शनिवार रक्तदान कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिल्वालको अध्यक्षता तथा कार्यक्रम संयोजक दिनेश ज्ञवालीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संघका सचिव ईश्वरी प्रसाद बन्जाडे गर्नु भएको थियो ।

रक्तदान कार्यक्रमको प्रायोजन र्शकर कडेल (हाल जापान) ले गर्नुभएको थियो भने सहयोगी संस्थाहरु न्यूरो प्याथल्लाब र सूर्य विजनेश हाउसले सहयोग प्रदान गरेका थिए ।

ब्लड बैक बुटवलमा सम्पन्न नियमित रत्तक्रदान कार्यक्रममा ४० प्रिन्ट रक्त संकलन भएको संघका उपाध्यक्ष भास्कर शाहीले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा संघका केन्द्रिय सल्लाहकार आनन्द भट्टराई, केन्द्रिय उपाध्यक्ष महेश खनाल,केन्द्रिय सहकोषाध्यक्ष बिस्नु भण्डारी, रोट¥याट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पस बर्ष २३/२४ का अध्यक्ष ऋषी पाण्डे , संघका उपाध्यक्ष भाष्कर शाही लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी कार्यक्रममा संघकी जिल्ला सदस्य मुना पोख्रेलको जन्मदिन बिशेष मनाइएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*