भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

खबरपथ संवाददाता
१८ मंसिर २०८०, सोमबार १२:५९

तेलंगाना । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ । यो जानकारी भारतीय वायुसेनाले नै दिएको हो । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो ।

विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । उनीहरु बाहेक अरु कसैको ज्यान गएको छैन न त कुनै किसिमको भौतिक क्षति भएको छ । @ न्यूज कारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*