खबरपथ संवाददाता
३० मंसिर २०८०, शनिबार २३:०८

बुटवल । बुटवलको कालिका मानव ज्ञान माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा पुस २ गतेबाट तेस्रो जिल्ला स्तरिय कालिका रनिङसिल्ड प्रतियोगिता २०८० हुने भएको छ ।
विद्यालयले शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारि बारे जानकारी गराएको हो ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, रिले, तेक्वान्दो (छात्र/छात्रा) पाच विधामा ३२ स्वर्ण, ३२ रजत र ३२ कास्य गरि कुल ९६ वटा पदकको लागि प्रतिस्पर्धा हुने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । यो वर्ष प्रतियोगितामा नया खेलका रुपमा तेक्वान्दोलाई समावेश गरिएको उनले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि द्घितिय टिमले ३० हजार, तृतिय टिमले नगद २० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं १० का वडाअध्यक्ष बल बहादुर पुन, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, शिक्षक अभिभावक संघ अध्यक्षय केशवराज पोखरेल, विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले रनिङशिल्ड अनावरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलाडी उत्पादनको आधार विद्यालय खेलगतिविधि भएको भन्दै आफुुहरु ले यसमा जोड दिदै आएको दाबी गरे । प्रतियोगितामा जिल्ला भरिका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका ८ सय बढि विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने विद्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*