मणिमुकुन्दमा हाजिरीजवाफ र हिज्जे

खबरपथ संवाददाता
२ पुष २०८०, सोमबार ११:१८

बुटवल । बुटवल योगीकुटीस्थित मणिमुकुन्द कलेजमा अन्तर सेक्सन हाजिरीजवाफ (क्वीज) र हिज्जे (स्पेल बी) प्रतियोगिता सम्पन्न भएका छन् । विद्यार्थीलाई किताबी ज्ञानसंगै समसामयिक विषयको वाह्य ज्ञान प्रष्फुटन गराउने उद्देश्यले विद्यार्थीहरुको क्लब मणिमुकुन्द एपाइरी साइन्स सोसाइटीले हाजिरीजवाफ प्रतियोगिता गरेको हो ।
१५ समूहले भाग लिएको प्रतियोगिताको फाइनलमा ४ टिम पुगेका थिए । जसमा प्रतिक शर्मा,सक्षम न्यौपाने र ज्योति रिजालको समूह प्रथम,अनिल अर्याल,प्रतिक खत्री र गरिमा रेग्मीको समूह दोस्रो र अविनाश यादव,गणेश गिरी र अनुपा ज्ञवालीको समूह तेस्रो भएका छन् । यस्तै कलेजकै अर्को क्लब एमएससीसीले आयोजना गरेको हिज्जे प्रतियोगितामा करुणा पन्थी र सुदिप रम्तेलको समूह प्रथम,सुप्रिम ज्ञवाली र कृपा पाण्डेको समूह दोस्रो र विश्वराज भण्डारी र सोहिल रानाको समूह तेस्रो भएका छन् ।
विजयी समूह र विद्यार्थीलाई विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले पुरस्कार वितरण गर्दै प्रतियोगितामा जित्नु मात्र ठूलो कुरा नभई भाग लिनु र अवलोकन गर्नुले पनि विद्यार्थीको ज्ञान र नेतृत्व क्षमता बृद्धि हुने बताए । कार्यक्रममा भाइस प्रिन्सिपल दिवाकर खनाल,विज्ञान संयोजक लक्ष्मण गैरे,व्यवस्थापन संयोजक पशुपति चौधरी,क्वीज मास्टर बाबुराम गैरे लगायतले बोल्दै विद्यार्थीको सर्वाङगीण विकासका लागि कलेजले विभिन्न विधाका प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए । सो अ
वसरमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*