डेल्टा अटोकर्पको नयाँ शोरुम बुटवलमा , गैरे अटोमोवाईल्स मार्फत बिक्री शुभारम्भ

खबरपथ संवाददाता
३० फाल्गुन २०८०, बुधबार १३:४२

बुटवल । बुटवलमा डेल्टा अटोकर्पको नयाँ शोरुम संचालनमा आएको छ । गैरे अटोमोवाईल्स मार्फत बिक्री शुभारम्भ भएको हो ।

भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बुटवल–१० कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

बुटवल क्षेत्रमा बढ्दै गएको भेष्पा अप्रिलिया स्कुटरको मागलाई मध्यनजर गर्दै नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ ।

नयाँ शोरुमको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतो र गैरे अटोमोवाईल्र्स प्रबन्ध निर्देशक प्रेमराज गैरेले संयुक्त रुपमा शुभारम्भ गरे ।

यस क्षेत्रमा स्कुटीको माग दैनिक वढ्दै गएकोले कम्पनीले नयाँ शोरुम स्थापना गरी विक्रीलाई प्राथमिकता प्रदान गरेको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले बताए ।

नयाँ शोरुमबाट स्कुटरको सेल्स, सर्भिस, स्पेयर्स, एक्सचेन्जका साथै फाईनान्सको सुविधा रहेको बताए ।

गैरे अटोमोवाईल्र्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले वजारको माग र लोकप्रियतालाई मध्यनजर गर्दै आफूहरुले नयाँ शोरुम संचालनमा ल्याउन पाएकोमा उत्साहित महशुस भएको बताए ।

शुभारम्भको अवसरमा कम्पनीले प्रतिस्कुटरमा नगद १० हजार छुट र एक थान हेलमेट उपहार प्रदान गर्ने गरी विशेष अफर घोषणा गरेको गैरे प्रतिष्ठानको वरिष्ठ प्रबन्धक धुर्व सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*