नवबर्ष २०७६ को अवसरमा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलद्धारा शुुभकामना ब्यक्त

खबरपथ संवाददाता
१ बैशाख २०७६, आईतवार ०७:४४

बुटवल । नयाँ बर्ष २०७६ को अवसरमा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलेले स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनीदाजुभाइहरुमा शुुभकामना ब्यक्त गर्नुभएको छ । आज एक बिज्ञत्ती जारी गर्दे उहाँले सम्पुर्ण नेपालीलाई सुभकामना प्रदान गर्नुभएको हो ।

मुख्य मन्त्री शंकर पोख्रेलेद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ

नयाँवर्ष २०७६ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमाहार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँवर्षको नयाँउमंग, नयाँउत्साह र नयाँ अठोटसमृद्ध नेपालनिर्माणको आधार वन्न सफलहुने विश्वास व्यक्तगर्दछु ।
अहिले मुलुक नयाँयुगमा प्रवेश गरेको छ । संविधानसभाबाट संविधान जारी भए पछि सम्पन्न तीनै तहको चुनावपछि संघीयताको व्यवहारिक कार्यान्वयन अघि बढेको छ । गएको वर्ष २०७५ संघीयता कार्यान्वयन गर्दै मुलुकलाई दिशानिर्देश गर्ने निकै महत्वपूर्ण काम पूरा भएका छन् । गएको वर्ष संघीयता कार्यान्वयनको आधार वर्षको रुपमा सफल भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारले प्रष्ट मार्गचित्र तयार गर्दै अघि बढ्न सफल भएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि मुलुकमा राजनैतिक अधिकार प्राप्तिको आन्दोलनको चरण आधारभूत रुपमा समाप्त भएको छ । सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा दृढ संकल्पित छ । अव छिटो भन्दा छिटो रोग, भोक,अशिक्षा र बेरोजगारी अन्त्यगर्दै विकसित र समृद्ध नेपालनिर्माण गर्ने अभियानमा जुट्नु आवश्यक छ । प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुट्नहामी कृत संकल्पित छौ ।
नयाँवर्षको नयाँउमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमाबदलौ ।समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझाअभियानमा साथदिनप्रदेशका सबै राजनैतिकदल, संघ संस्था, राष्ट्रसेवककर्मचारी, सञ्चारकर्मी र आमनागरिकमाहार्दिक अपिल गर्दछु ।

नयाँवर्ष २०७६ को अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*