लुक्लामा हवाई दुर्घटना, ३ जनाको मृत्यु

खबरपथ संवाददाता
१ बैशाख २०७६, आईतवार ११:४५

सोलुखुम्बु । नयाँ बर्षको मुखैमा आज सोलुखुम्बूमा हवाई दुर्घटना भएको छ । लुक्लामा ल्याण्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिदां भएको दुर्घटनामा आइतबार बिहान ३ जनाको मृत्यु भएको छ।

यसरी मृत्यु हुनेमा मनाङका पाइलट एवम २ प्रहरी रहेका छन् । त्यस्तै समिटका पाइलट र एयर होस्टेस गंभिर घाइते रहेको बताइएको छ।
आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एक एयर होस्टेज घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोक्किएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले जानकारी दिए ।

दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एकप्रहरी समेत घाइते भएका छन् । दुर्घटनाबाट हेलिकप्टरमा समेत क्षति पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*