पानी नपर्दा ब्याड राख्न पाएनन कृषकले

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार ११:३५

कपिलवस्तु ।
पानी नपर्दा कपिलवस्तुका अधिकांस कृषकहरुले धानको ब्याड राख्न पाएका छैनन । ब्याड राख्ने सिजन सुरु भईसक्दा पनि यहाका कृषकले पानीको अभावमा धानको बीउ छर्न पाएका छैनन । बर्षाको प्रतिक्षा गरी बसेका कृषकहरु असार लागी सक्दा पनि सिंचाई कै अभावले कृषकहरु खेतमा बीउ छर्न नपाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा धान खेतीकालागि आकाश कै पानीको भर पर्नुृ पर्ने बाध्यता छ । जिल्लाको कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर मध्ये १३ प्रतिशत क्षेत्रमा मात्र बाह्रैमासे सिंचाई सेवा उपलब्ध रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामगोबिन्द आर्यले ५० प्रतिशत बढी कृषकले अझै धानको बीउ छर्न नपाएको बताए । ‘ लामो खडेरीले जिल्लाका अधिकांस कृाष्कले अझै धानको ब्याड राख्न पाएका छैनन ’ उनले भने ‘ सिंचाईको सुबिधा हुनेले आफनै तरिकाले ब्याड राखेका छन, त्यो पनि न्युनरुपमा छ ’ । ब्याड राखेकोहरुको पनि घामले डढन थालेको उनले बताए ।

उता पानी नपर्दा कृषकहरु धेरै समस्यामा परेको कृषकहरु गुनासो गर्छन । ‘ पानी नपरेकाले ब्याड नै राख्न पाएका छैनौ, ’ कपिलवस्तु न गरपालिका– धरमपनीयका कृषक चुर्जभुजीमणि त्रिपाठीले भने ‘ असार लाग्यो बर्षा भएको छैन , ब्याडकालागि बर्षाको ब्यग्र प्रतिक्षामा छौ । ’ सिंचाई सेवा उपलब्ध नभएकाले आकाशे पानीको भर पर्नुको आफुहरुसंग अर्को बिकल्प नरहेको उनले गुनासो गरे । ‘ पानी पनि परेको छैन, सिंचाई सेवा पनि छैन, त्यसैले ब्याड राख्न पनि पाएका छैनौ ’ ब्याडकालागि उन्नत जातको धानको जाहो गरी बसेका उनले भने ।

उता नहर, कुलो, बोरिङ नदी, पोखरीबाट पम्पसेटले पानी तानेर जिल्लाका केही कृषकले ब्याड लगाएका छन् । प्रचण्ड गर्मी र त्यसमा पनि बर्षा नहुदा ब्याडमा लगाएको धानको बीउ डढ्न थालेका छन् । ब्याडको जमिनमा धाजा फाटेर चिरा परेका छन् । पम्पसेटले पानी तानेर ब्याड लगाएका मायादेबी गाउपालिकाको फुलिकाका कृषक सर्वेश पाण्डेयको खेतमा पानी सुकेर उम्रेको बीउ सुकेको छ । ‘ पम्पसेटले सिंचाई गरी लगाएको ब्याड चर्को घामले गर्दा सुक्न थालेको छ , ’ पाण्डेयले भने ‘ पम्पसेटबाट सिंचाई गरेको पानी चर्को घामले गर्दा एक दिन पनि टिक्दैन, उम्रेको बीउ पानीको अभावमा डडन थालेको छ । ’ पाण्डेय मात्र होईन ब्याड लागएका अधिकांस कृषकहरुको उम्रन लागेको बीउ चर्को घामले मर्न थालेको छ ।

नदी खोला, कुलो पाखरीहरु समेत बर्षा नहुदा सकुेका छन् । जिल्लाको सबै भन्दा ठुलो बाणगंगा सिंचाई आयोजनाका नहर समेत सुकेका छन् । तकलीन ११ गाबिस र कपिलवस्तु नगरपालिका क्षेत्रका ६ हजार ५ सय हेक्टरलाई सिंचाई सेवा उपलब्ध गराउने नहर अहिले आफै पानी बिहीन बनेकोले कृषकहरु मर्कामा परेका छन् । सिंचाई सुबिधा रहेका पकडी, डुमरा, फुुलिका, अभिराव, शिवपुर, राजमार्ग क्षेत्रका केही गाउहरुमा अहिले सम्म ५० प्रतिशत मात्र ब्याड ब्याड छरिएको छरिएको अगुवा कृषकहरु बताउछन् । न्युन बर्षाले गर्दा ब्याढड छर्न समेत ढिलाई भएको जनाए पनि अझै सम्म कति प्रतिशत ब्याड छरियो त्यसका आधिकारिक तथ्यांक कषि ज्ञान केन्द्रसंग छैन । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । यहा राधा ४, सावा, सुख्खा ३, राम, गोरखनाथ, लोकनाथ, साबित्री लगायतका जातको धान लगाईने गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*