बुटवलमा खोज पत्रकारिता तालिम शुरु

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार १५:५५

बुटवल । उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला आज देखि बुटवलमा शुरु भएको छ ।

शेयर काष्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा शुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ ।

तीन दिनसम्म चल्ने कार्यशालामा खोज पत्रकारिता केन्द्रका शिव गाउँले, सुशासनविद् विनोद उपाध्याय, शेयरकाष्टका कार्यकारी निर्देशक मधु आचार्यलगायतले सहजीकरण गर्नेछन् । कार्यशालाको शुरुआत गर्दै शेयरकाष्टका कार्यकारी निर्देशक मधु आचार्यले विषय बुझने क्षमता भएर पनि पत्रकारिताको सीप कम हुँदा खोजमूलक पत्रकारिता ओझेलमा परेको बताए । उनले स्थानीय तहको काम प्रभावकारी बनाउन खोजमूलक पत्रकारितामार्फत दबाब र खबरदारी जरुरी रहेको धारणा व्यक्त गरे ।

अमेरिकी दूतावासका प्रतिनिधि प्रेरणा मरासिनीले स्थानीय सरकारको कामकारवाही प्रभावकारी बनाउन सबै प्रदेशमा खोजमूलक पत्रकारिता कार्यशाला आयोजना गरेको बताए । पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन तालीम महत्वपूर्ण हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*