पत्रकार महासंघको हस्ताक्षर संकलन अभियान शुरु

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार २१:४७

काठमाडौं- नेपाल पत्रकार महासङ्घले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै मंगलबारदेखि देशव्यापी हस्ताक्षर संकलन अभियान शुरु गरेको छ ।

विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान रहेकोले सरकारलाई फिर्ता लिनका लागि दबाब दिन महासङ्घका देशभर रहेका जिल्ला शाखा/प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा बिहीबारसम्म हस्ताक्षर अभियान सञ्चालन शुरु  गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए ।

सङ्कलित गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*