पौडी खेल्नेक्रममा तीनको मृत्युु

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार २२:३५

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्नेक्रममा तीन जनाको ज्यान गएको छ । मंगलबार दिउँसो पौडी खेल्नेक्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बिजयनगर गाउँपालिका अन्दाजी १६/१७ बर्षका आशिष भट्टराई, सोही ठाउँका १८ बर्षीय सुमित सुनार र सोही ठाउँकै १७ बर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनीहरु पौडी खेल्नका लागि रहमा गएका थिए । दिउँसो तीन बजे घटना घटेको थाहा पाएपछि वडा प्रहरी कार्यालय कपिलवस्तुको टोली घटनास्थल पुगेपनि उनीहरुको ज्यान गैसकेको प्रहरीले जनाएको छ । पौडी खेल्नका लागि चार जना गएपनि एक जना सकुशल रहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*