पेस्तोल र गोलीसहित एकजना पक्राउ

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार २२:३९

बुटवल ।

भैरहवा स्थित गौतमबुद्ध विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ कृष्णनगरका ५० वर्षीया उमेश शुक्ला रहेका छन् । प्रहरीका अनुसार उनी आज दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए ।
निजबाट ७.६५ एम एम मेडईन चेकोस्लाभिया लेखिएको पेस्तोल तथा दुई वटा म्यागेजिन र सो मा लाग्ने १६ राउण्ड गोलि भेटिएको प्रहरीले जनाएको छ । उनिसँगै उनका श्रीमति, तिन जना छोरी र एक नातिनी समेत रहेका छन् ।
मानी क्यापिटल लिमिटेड लखनउका कार्यकारी निर्देशक समेत रहेका उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् ।
भारतको लखनउ हुँदै सिमा नाका बेलहीयाबाट नेपाल प्रवेश गरेका उनिहरुलाई बिमानस्थल स्थित सूरक्षा चेकजाँचका क्रममा एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पक्राउ परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*